Monday, January 2, 2017

१० रोचक प्रश्नहरु

१. संसारको सबैभन्दा धेरै ट्राफिक लाइट भएको शहर कुन हो ?
 - जेनेभा (स्विट्जरल्यान्ड)
२. सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ?
- एपोलो ११
३. माथिल्लो जातको केटि र तल्लो जातको केटा बिच हुने बिबाह लाई के भनिन्छ?
- पञ्चम
४. मृगको नरम छालालाई के भनिन्छ?
- सावर
५. डटपेनको अविष्कार कसले गरेका हुन् ?
- जोन जे. लाउड
६. सबैभन्दा पहिला प्लाष्टिकको नोट प्रचलनमा ल्याउने राष्ट्र कुन हो ? 
– अष्ट्रेलिया
७. प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?
- लेबनान
८. नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ?
- वि.सं. २०६६ मंसीर १
९. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?
- इजरायल
१०. नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?
- सर एडमण्ड हिलारी

Sunday, January 1, 2017

ठूला भू-परिवेष्टित देशहरु

विश्वमा जम्मा ४१ वटा भू परिवेष्टित  देश हरु छन। ति मध्ये सबै भन्दा ठुलो भूपरिवेष्टित देश कजाकस्तान हो।  कजाकस्तान को क्षेत्रफल २७२४९०० वर्ग  किमि छ। आकार को आधारमा कजाकस्तान पछि मंगोलिया(१५६६५०० वर्ग  किमि) दोस्रो नम्बर मा र चाड(१२८४००० वर्ग किमि) देस्रो नम्बरमा पर्दछन। 
४१ वटा देश मध्ये २ वटा देश मात्रै यस्ता छन् जुन अन्य भूपरिवेष्टित देश बाट नै भू परिवेष्ठित छन्। 
सबै भन्दा धेरै भुपरिवेस्टित देश भएको महादेश अफ्रीका हो जहाँ १४ वटा भू परिवेष्ठित देश छन्।  


१० रोचक प्रश्नहरु

१ . लुम्बिनी विकास गुरुयोजनाका डिजाइनर को हुन ?
- केन्जी टोगे
२. चराहरुको सम्बन्धमा अध्ययन गर्ने बिज्ञान कुन हो ?
- अरनीथोलोजी(Ornithology)
३. विश्वमा प्रथम जेट बिमानको आबिश्कार कहिले भयो ?
- सन् १९५२
४. काठमाडौंको सबैभन्दा अग्लो मन्दिर कुन हो ?
- तलेजु
५. प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?
- भाष्कर मल्ल
६. मरियाना ट्रेन्चको गहिराई कति छ ? 
- ११,७७६ मि
७. कुन ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?
- शुक्र 
८. एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ?
- १२ वटा
९. नेपालको निशाना छापमा कति वटा लालिगुरास छन ? 
- १४
१०. सुन्दर अक्षर लेख्ने कलालाई के भनिन्छ?
- क्यालीग्राफी(Calligraphy)



Popular Posts

Powered by Blogger.

 

© 2013 Nepali Quiz. All rights resevered. Designed by Templateism

Back To Top